हेडलाईनव्याससमाचारखेलकुद

प्रथम राष्ट्रिय दरै कप २०८० अन्तरगत भएको सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको शुक्रवार क्वाटर फाइनलका चार खेल सम्पन्न

प्रहार समाचार । तनहुँ, माघ १९ शुक्रवार । तनहुँको सदरमुकाम दमौलीमा रहेको विपि वन वाटिका खेल मैदानमा गत माघ १५ गतेबाट सञ्चालीत प्रथम राष्ट्रिय दरै कप २०८० अन्तरगत भएको सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको शुक्रवार क्वाटर फाइनलका चार खेल सम्पन्न भएका छन्। उक्त प्रतियोगितामा  व्यास नगरपालिका दुम्सी र मङ्गलपुर चितवन तथा साँखर र आयोजक दरै समाज तनहुँ  सेमिफाइनलमा भिड्ने भएका छन् ।

शुक्रवार क्वाटर फाइनको पहिलो खेल चिन्टुटार टिम र दुम्सी बिच भएकोमा दुम्सीले चिन्तुटार लाई ३ – ० ले बिजय गर्ने सफल भयो। उक्त खेलमा दुम्सीका जितबहादुर दरै म्यान अफ द म्याच घोषित भए। आजको दोस्रो खेल नौरङ्गे चितवन र आयोजक दरै समाज बीच भएको खेलमा आयोजक टिमले नौरङ्गे चितवनलाई ०-२  गोलले विजय हासिल गर्न सफल भयो। उक्त खेलमा आयोजक टिमका पदमबहादुर दरै म्यान अफ द म्याच घोषित भए ।

 

त्यसैगरी आज भएको तेस्रो खेलमा  धादिङबेसी र मङ्गलपुर बीच भएको थियो। उक्त खेलमा निर्धारित समयमा कुनै पनि टिमबाट गोल नभएपछि ड्राइबेकरका आधारमा मंगलपुरले ७- ६ ले धादिङबेसी लाई हराउन सफल भयो। उक्त खेलमा मङ्गलपुरका गोल रक्षक सविन दरै म्यान अफ द म्याच घोषित भए।

त्यसैगरी आजै भएको क्वार्टर फाइनलको चौथो तथा अन्तिम खेल साँखर समाज र  पतेनी साँगे बीच भएको खेलमा पनि निर्धारित समयमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि ट्राईवेकरका आधारमा साँखरले पतेनिलाई  ३-१ अंकले हराउन हुन सफल भयो । उक्त खेलमा  साँखरका गोल किपर युगेश दरै म्याच अफ द म्याच घोषित भएका दरै समाज तनहुँका सचिव विजय दरैले बताए ।

म्यान अफ द म्याच भएका खेलाडीहरुलाई व्यास नगरपालिकाका उपप्रमुख ईन्दिरा दरै, समाजका अध्यक्ष ठाकुर बहादुर दरै, पूर्व अध्यक्ष डिकबहादुर दरै तथा चिजबहादुर दरै लगायतले संयुक्त रूपमा मेडल प्रदान गरेका थिए । क्वाटर फाइनलको खेल हेर्न दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो। दमौलीमा स्तरिय खेलमैदान नहुँदा खेलागी खेल मैदानमा उडेको धुलो खान बाध्य हुन परेको खेलाडीहरुले गुनासो गरेका थिए । भोलि सेमिफाइनलका खेल हुने छन्।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार १ सय ११ द्धितीय हुने टिमले ५१ हजार १ सय ११ र वेष्ट प्लेयर, वेष्ट डिफेन्डर र वेष्ट किपरलाई २ हजार सहित मेडल ट्रफि र प्रमाणपत्र प्रदान गरिने दरै समाज तनहुँका अध्यक्ष ठाकुरबहादुर दरैले जनकारी दिए ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button