प्रहार समाचार । काठमाडौँ, जेठ २९ । पूर्वन्यायाधीश भुवन गिरी जबरजस्ती करणीमा दोषी ठहर भएपछि अब उनले ७ वर्ष कैद र ३ लाख क्षतिपूर्ति तिर्नु पर्ने भएको छ।
काठमाडौँ जिल्ला अदालतले न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष कैद सजाय सुनाएको हो । जिल्लाले उनलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको छ।
जरिवानाको रूपमा सुनाएको उक्त रकम पीडितले पाउने छिन् ।जिल्लाले यसअघि उनलाई जेठ १३ गते दोषी ठहर गरेको थियो । उक्त फैसलाको आइतबार सजाय निर्धारण गर्दै कैद र जरिवाना तोकेको हो । उनी सर्वोच्च अदालतको आदेशले यसअघि नै थुनामा रहेका छन् ।