प्रहार समाचार । दुलेगौंडा, पुस १०। तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८० प्रदान गरिएको छ ।
सोमवार प्रदेश सभा सदस्य श्यामराजा महत, रेडियोका अध्यक्ष ऋषेश्वर भुवाई ‘ऋतु’, वडा नंं ६ र १० का अध्यक्षहरु बुद्धि बहादुर थापा, राजेन्द्र भट्टराई क्षेत्री, स्वर्गिय पूर्ण श्रेष्ठकी धर्मपत्नी सुकु श्रेष्ठले संयुक्त रूपमा समाजसेवातर्फ नन्दराज थापा, साहित्यतर्फ सागर उदास र पत्रकारितातर्फ पत्रकार विकास खनाललाई नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् ।
सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य महतले रेडियोले स्थापना गरेको सम्मानले अन्य व्यक्तिहरुलाई समाजप्रति थप उत्तरदायि बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस अघि उक्त पुरस्कार बाट पत्रकारितातर्फ विश्वबन्धु भण्डारी, साहित्यतर्फ शेषमणि आचार्य र समाजसेवातर्फ भक्तबहादुर रिमाल सम्मानित भएका थिए ।
कार्यक्रममा उत्कृष्ट विज्ञापनदाता डिजी लिंक नेटवर्क प्रालिका अध्यक्ष विपिन वाग्ले, शुक्ला मोटर्स प्रालिका सञ्चालक प्रवास पंगेनी र दुलेगौंडा मेटल उद्योगका सञ्चालक संगम वानीया, उत्कृष्ट कर्मचारीतर्फ रिमा गुरुङ, उत्कृष्ट स्रोता शुनपा–१० खोरादीका टोप विसी सम्मानित भए । कार्यक्रममा शिव पौडेल, टिकाराम श्रेष्ठ , सरस्वती सिग्देल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।