प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यवद्धता कायम गर्न चाडपहरु महत्वपूर्ण हुने बताएका छन्।
इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्ले विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यवद्धता कायम गरी राष्ट्रिय एकता प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी रहेको बताएका हुन्।
उनले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउन भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरेका छन्। उनले नेपालको संविधानलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै जुनसुकै धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको बताएका छन्।