हेडलाईनसमाचारप्रवास

पाकिस्तानको सपिङ मलमा  आगलागी :  धेरैको ज्यान गयो

प्रहार समाचार | पाकिस्तान, मंसिर ९ शनिबार ।
पाकिस्तानको व्यापारिक राजधानी कराँचीस्थित सपिङ मलमा शनिवार आगलागी भएको छ। आगलागिबाट धेरै जनाको ज्यान गएको छ।
आगलागिमा परि  कम्तीमा ११ जनाको ज्यान गएको र ३५ जना बढि घाइते भएको अधिकारीहरूले जनाएका छन् ।

दक्षिणी बन्दरगाह सहरस्थित छ तले भवनको चौथो तलामा आगलागी हुँदा ६० जनाभन्दा बढी मल भित्र रहेका  थिए । ‘हाम्रा उद्धारकर्मीहरूले अहिलेसम्म ११ जनाको शवलाई अस्पतालमा लगेका छन्’ उद्धार सेवा सञ्चालन गर्ने चिप्पा कल्याणकारी संस्थाका प्रवक्ता शाहिद हुसेनले भने । उनका अनुसार, ३५ जना घाइते भएका छन्, घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ र गम्भीर जसमध्ये कम्तीमा ४० जनाको उद्धार गरिएको छ । प्रान्तीय स्वास्थ्य मन्त्रालयका प्रवक्ता शब्बीर अलीले मृत्यु हुनेको सङ्ख्या र घाइतेको सङ्ख्या पुष्टि गरेका छन् । जेनेरेटर सर्ट भएर भएको आगलागी भवनको दुई तलासम्म फैलिएको हुसेनल बताए । 

 

कमजोर सुरक्षा कानून र भवन संहिताका साथै ढिलो कार्यान्वयनको अर्थ पाकिस्तानमा ठूला भवनमा आगलागी हुने गरेको छ ।सन् २०१२ मा, पश्चिमी कराँचीको बलदिया टाउनमा रहेको एउटा कपडा कारखानामा आगलागी हुँदा कम्तीमा दुई सय ५० जना मजदुरको मृत्यु भएको थियो ।एजेन्सी

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button