हेडलाईनसमाचारसबै प्रदेशसूचना प्रविधि

पाँच प्रदेशमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौ, बैशाख ३० । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको कारण आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम  पूर्वानुमा महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। मौसम विद गोबिन्द झा देश भर आंशिक बदलि रहने बताउँछन् ।

पछिल्लो २४ घन्टामा बाराको अम्लेखगञ्जमा भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा १०५.८ मिलिमिटर वर्षा मापन भएको छ। यसैगरी इलाममा ८८.६,  मोरङको लेटाङमा ८५.४, सर्लाहीको पत्थर कोटमा ८४.८, नवलरपुरको देउरालीमा ९५.२, सप्तरीको बरमझियामा ६८.८ मिलिमिटर वर्षा मापन भएको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम  पूर्वानुमा महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। मौसम विद गोबिन्द झा देश भर आंशिक बदलि रहने बताउँछन् ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button