हेडलाईनसमाचारबागमती

पक्राउ परेको २४ घण्टा नबित्दै छुटे लागुऔषध मुद्दामा  पक्राउ परेका एन्फाका उपाध्यक्ष दावा लामा

प्रहार समाचार । काठमाडौं, बैशाख ६ । लागुऔषध मुद्दामा बुधवार पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेको २४ घण्टा नबित्दै छुटेका छन् ।​

उनलाई राजधानीको पेप्सीकोला बाट प्रहरीले  बुधवार पक्राउ गरि काठमाडौं उपत्यका अपराध अनुसन्ध बिहीवार उच्च अदालत पाटनमा पेस गरेको थियो । तर उनले सर्वोच्च अदालतबाट  तारेखमा राख्नु भन्ने आदेश यसअघिनै लिइसकेकाले छाडिएको प्रहरीले जनाएको छ ।​ 

उनलाई लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइएको छ । कैद र जरिवानाको फैसला भए पनि उनी फरार थिए ।​ २०६१ साउन ८ गते ५ ग्राम खैरो हेरोइनसहित काठमाडौंको वनस्थलीबाट पक्राउ परेका लामालाई प्रहरीले लागुऔषध  कारोबारीको अभियोगमा मुद्दा चलाएको थियो ।

 


तर काठमाडौं जिल्ला अदालतले २०६२ जेठ १० गते फैसला सुनाउँदै ५ ग्राम खैरो हिरोइन बिक्री वितरणका लागि पर्याप्त नभएको भन्दै लामालाई लागुऔषधको सेवनमा दोषी ठहर गरी ६ महिना कैदको फैसला सुनायो । फैसलाको समयमा उनी ६ महिनाभन्दा बढी समय हिरासत र कारागार बसिसकेकाले छुटेका थिए ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button