प्रहार समाचार । काठमाडौँ, जेठ १८ । काठमाडौँ महानगरका मेयर बालेन शाहले काठमाडौँको न्यूरोडमा सडक विभागको मापदण्ड बमोजिम नै सडक पेटि चौडा बनाउने काम भएको बताएका छन्।
नगर कार्यपालिकाको बैठकमा वडा अध्यक्ष संङ्ग चर्काचर्की भएको तथा केहि व्यक्तिहरुले न्यूरोडमा पार्किङ शुल्क उठाएर लुट्न नपाएपछि विरोध आएको बताएका छन्। शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा मेयर शाहले लेखेका छन् : “जनतासङ्गएउटा रोचक कुरा पढ्नु हुन्छ ?
न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?
त्यस्तै, सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला ।
प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ ” । मेयर बालेनले अन्त्यमा लेखेका छन् – विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बनौँ “।