हेडलाईनसमाचारसबै प्रदेशमनोरञ्जनखेलकुद

नेपाल २०२४ टीट्वेन्टी विश्वकपमा : युएईलाई ठूलो झट्का

प्रहार समाचार । काठमाडौं, कात्तिक १७ शुक्रवार ।

आज क्रिकेट इतिहासकै सबैभन्दा ठूलो सफलता नेपाललाई मिलेको छ। आईसिसि मेन्स् टिट्वेन्टी वल्र्डकप क्वालिफाएर मा भएको आजको सेमिफाइनल खेलमा नेपालले युएईलाई १७.१ ओभरमै १३५ रनको लक्ष्य पछ्याउँदै ८ विकेटले हराएको छ। सेमिफाइनलमा युएईलाई शानदार रुपमा हराउँदै नेपाल फाइनल पुगेको छ र सँगसँगै विश्वकप खेल्ने नेपालीहरूको सपना साकार भएको छ ।

कुशल भुर्तेल ८ बल खेलेर मात्र ११ रन बनाएर पवेलियन फर्केका थिए ।
त्यसपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका गुलशन जाले २४ बल खेल्दै २२ र बनाएर बसिम हामीदको हातबाट बोल्ड आउट भएका थिए । त्यसपछि आएका रोहित पौडेलले आफ्नो कप्तानी पारी खेल्दै आशिफ शेखलाई सघाएका थिए ।

 

आशिफ शेखले ६४ रनको शानदार पारी खेलेका छन् । उनले जम्मा ५० बलमा ६ चौका र दुई छक्काको सहयोगमा ६४ रन बनाएका हुन् । यस खेलको म्यान अफ द म्याच पनि आशिफ शेखलेकले नै लगेका छन्।बलिङतर्फ पनि कुशल मल्लले ३ विकेट सन्दीप लामिछानेले २ विकेट र सोमपाल कामी र रोगी पौडेलले १/१ विकेट लिएका छन्। सन्दीप लामिछानेले ४ ओभरमा एउटा मेडिएन ओभर राखेर मात्र १४ रन खर्चिएर २ विकेट लिएका थिए।

मात्र १३४ रन बनाई ९ विकेट गुमाएको युएईले खेलमा फर्किने मौका पाएन। यसरी १७ बल्छ हातमा रहँदै नेपालले सहजै मात्र २ विकेटको क्षतिमा यो लक्ष्य पुरा गरेको हो। १० वर्ष यो लामो पर्खाइ पछि बल्ल अब नेपालले वल्र्डकप खेल्न पाउनेछ र नेपालीहरुले नेपालले टिट्वेन्टी वल्र्डकप खेलेको हेर्न पाउनेछन् । यसअघि पारस खड्का को कप्तानिमा नेपालले टिट्वेन्टी वल्र्डकप क्वालिफाएर खेलेको थियो।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button