३ कात्तिक, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ६ वटा बैंकलाई नगद जरिवाना सहित कारवाही गरेको छ । ‘बैंक सुपरिवेक्षण विभाग’ले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा नियमकिय व्यवस्था उलंघन गर्ने ६ वटा वाणिज्य बैंकलाई कारबाही गरेको हो।
कारबाहीमा पर्ने बैंक हरु :
१. हिमालयन बैंक : कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) उलंघन गरेको। १ करोड ६७ लाख ७१ हजार ४३४ रुपैयाँ नगद जरीवाना।
२. लक्ष्मी सनराइज बैंक: सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उलंघन गरेको। ७० लाख रुपैयाँ नगद जरीवाना।
३. एनएमबि बैंक : व्याज अनुदानको सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान दिएपनि उक्त कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको । बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत ।
४. एनआईसी एशिया बैंक: एकिकृत निर्देशन उलंघन गरेको। बैंकको प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) अनुसार नसिहत दिईएको छ।
५.नबिल बैंक: एकीकृत निर्देशन नं. १५/०७८ को ३(८) उल्लङ्घन गरी ब्याजदर बढाइएको। साथै एकीकृत निर्देशन नं. १५/२०७९ को ३ विपरीत नियमित ब्याज र पेनाल असुलीसँगै बैँकको कोर बैंकिङ सिस्टममा राखी कर्जामा थप जोखिम प्रिमियम स्वरुप अतिरिक्त १.५ प्रतिशत असुल गरेको । नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम संचालक समितिलाई सचेत ।
६. सिटिजन्स बैंक: राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७९ को निर्देशन नं. २ बमोजिम कर्जा सापटको वर्गिकरण नगरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको।
साथै बैंकले क्यापीटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम सम्पत्ति गणना नभएको र प्रिमियम दरमा निर्देशन विपरित पटक पटक वृद्धि गरेकाले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ।
better