ध्रुवराज घिमिरे/ तनहुँ २९ असार २०८१ शनिबार । नेपाली काङ्ग्रेस तनहुँले शुक्ला गण्डकी ७ काउरेमा गत असार २२ गते पहिरोमा परि मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गरेको छ।
कांग्रेस तनहुँले प्रति परिवार दस हजारका दरले आर्थिक सहयोग प्रदान गरेको हो । ‘दुःखमा काङ्ग्रेस, सुखमा काङ्ग्रेस ‘ भन्ने काङ्ग्रेसको नीति अनुसार जिल्ला सभापति जित प्रकाश आले,उप सभापतिद्वय देवकुमार श्रेष्ठ र राजेन्द्रकृष्ण श्रेष्ठ , जिल्ला समिती सदस्यहरु , क्षेत्रिय सदस्यहरु , महाधिबेशन प्रतिनिधि , महासमिति सदस्य, शुक्लागण्डकी नगरका प्रमुख , प्रदेश समिति , नगर समिति , वडा समिति लगायतका प्रतिनिधिहरुको उपस्थितिमा मृतकको घर घरमा पुगि घरका सदस्यलाई आर्थिक रकम जिल्ला सभापति जित प्रकाश आलेले प्रदान गरे।
सहयोग हस्तान्तरण गर्दै आलेले प्राकृतिक प्रकोपले ल्याएको यो दुःख घटना र शोकलाई शक्तिमा परिणत गरि अगाडी बढ्नुपर्ने बताउँदै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनहरुमा गहिरो समवेदन व्यक्त गरे । बर्षा नरोकिएकोले सम्पूर्ण जिल्ला वासिलाई सचेत रहन समेत उनले आग्रह गरे ।
नेपाली काङ्ग्रेस क्षेत्र न २ का सचिब सन्तोष घिमिरेले कार्यक्रमको सहजिकरण गर्दै पहिरो पिडित सबै परिवारको पारिवारिक पृष्ठभुमिको बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा उपस्थित सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्ने वचन दिएका थिए ।