हेडलाईनसमाचारसबै प्रदेश

नेपाली कांग्रेस एक्लै चुनावमा लड्नुपर्नेे महामन्त्री गगन थापाको प्रस्ताव महासमिति बैठकबाट सर्वसम्मत पारित

प्रहार समाचार । काठमाडौँ, फागुन १० विहिवार ।भविष्यमा हुने आवधिक निर्वाचनमा नेपाली कांग्रेस एक्लै लड्नुपर्नेे महामन्त्री गगन थापाको प्रस्ताव महासमिति बैठकबाट सर्वसम्मत पारित भएको छ । 

विहिवार ललितपुरमा सम्पन्न कांग्रेस महासमिति बैठकले उपसभापति पूर्णबहादुर खड्काको नीति सम्बन्धी, महामन्त्री गगनको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

 

विहिवार पारित भएको सांगठनिक प्रस्तावमा कांग्रेसका मतदाताले रूखमै मत हाल्न पाउने कुरा सुनिश्चित गर्नुपर्ने उल्लेख छ । ‘हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रूखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ गगनको प्रस्तावमा उल्लेख छ । 

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button