प्रहार समाचार । बैशाख १३ । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको फैसला गरेको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालतका श्रेस्तेदार उद्धव ढोडारीले लोकान्तरलाई जानकारी दिए ।
अदालतले उनीसहित ४ जनालाई पनि उस्तै फैसला सुनाएको छ । जसमा आलमका भाइलगायत छन् । विसं ०६४ को संविधानसभा निर्वाचनताका रौतहटमा इँटाभट्टामा जिउँदै आफ्ना कार्यकता जलाएको घटनाका आलमलगायत दोषी ठहर भएका हुन् । संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा आलमको निर्देशनमा बम विस्फोट भएको थियो । त्यसको पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरूलाई इँटा भट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्री आलमलाई लागेको छ ।
आलम आफैँले विस्फोट गराएर अरुलाई दोष लगाइ चुनाव जित्न चाहन्थे । तर त्यसको पोल २०७६ मा खुलेको थियो ।- लोकान्तर बाट