प्रहार समाचार । काठमाडौँ, चैत २१ ।अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ। जस्का कारण आज गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ। दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
त्यसै गरि आज सुदूरपश्चिम, कर्णालीलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहने छ। राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ।