प्रहार समाचार । काठमाडौँ, फागुन २३ बुधवार ।नेपालमा पश्चिमि वायुको प्रभाव कायमै रहेकोले आज सुदूरपश्चिम प्रदेशका केही भू-भागलगायत देशका पहाडी भू-भागको मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू-भागको मौसम भने मुख्यतया सफा रहने छ।
दिउँसो भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहने छ।
यस्तै, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा समेत हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहने विभागको बुलेटिनमा उल्लेख छ।