प्रहार समाचार । अमेरिका १० साउन २०८१ बिहिबार । नयाँ पुस्तालाई देश हाँक्ने अवसर दिनु पर्छ भन्दै अमेरिकाका राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपति निर्वाचन नलड्ने घोषणा गरेका छन् । बाइडेनले नयाँ पुस्तालाई देश हाँक्ने अवसर पनि दिनुपर्ने बताए ।
बुधबार साँझ ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडेनले नोभेम्बरमा हुने निर्वाचनका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका हुन्। उनले भने, ‘ तर लोकतन्त्र र मुलुकको हित व्यक्तिगतभन्दा माथि हुन्छ। हाम्रो देशलाई एकताबद्ध गर्ने र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने यो उत्तम समय हो।’
बाइडेनले लोकतन्त्रको रक्षा र पार्टीका हितका लागि आफू दोस्रो पटक राष्ट्रपति बन्ने दौडबाट पछि हटेको पनि बताएका छन्। ‘राष्ट्रपतिका रूपमा सेवा गर्न पाउनु मेरा लागि गौरवको विषय हो। तर अहिले खतरामा रहेको लोकतन्त्रको रक्षा पहिलो प्राथमिकता हो,’ उनले भने ।
यता हाम्रो देश नेपालमा भने प्रधानमन्त्री र राष्ट्रपति दोहोऱ्याउने मात्र होइन पाँच/ छ पटक सम्म पनि आफै हुनु पर्छ भन्ने दरिद्र सोचका कारण राजनीतिमा पुस्तान्तरण को त के कुरा नयाँ यूवा राजनीतिमा आउन यिनै बुढा नेताले सधै तगारो हाल्ने गरेको विश्लेषकहरुको भनाई छ।