हेडलाईनसमाचारबागमती

नेता प्रति मेयर बालेनको कटाक्ष : मिसन ८४ ले देश नबन्ने

प्रहार समाचार | काठमाडौँ , मंसिर १४ बिहिबार ।
काठमाडौं महानगरका प्रमुख  बलेन शाहले नेताप्रति कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत पटक पटक उत्तेजक र आक्रमक अभिव्यक्ति दिँदै आएका उनले पछिल्लो समय नेताहरुले मिसन ८४  भन्दै आ-आफ्ना राजनैतिक गतिविधिहरु गरिरहेको परिप्रेक्षमा साहले बुधबार राती सामाजिक सञ्जाल फेसबुकमा दिएको कवितात्मक अभिव्यक्तिले  चर्चा पाएको छ ।

 

देश बन्छ भन्दै मेया साहले मिसन ८४ लाई सङ्केत गर्दै ८४ ले देश नबन्ने बरु ८४ पछि नेतालाई सक्काए पछि बन्ने कडा अभिव्यक्ति दिएका छन्। उनि लेख्छन् :
देश बन्छ ,
तिमीहरुको ८४ ले बन्दैन ,
तिमीहरुको ८४ सक्किएर बन्छ ।
तिमीहरुलाई सक्काएर बन्छ ।

केही महिनाअघि मेयर साहको ‘सिंहदरबारमा लागो लगाइदिन्छु’ भन्ने उनले अभिव्यक्ति दिएका थिए । जुन निकै चर्चामा र विवादीत पनि रह्यो ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button