प्रहार समाचार । तनहुँ, जेठ १ ।नेकपा (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन्। मङ्गलबार र राति सम्पन्न अन्तिम मत परिणाम अनुसार अध्यक्ष कँडेलले २ सय९२ मत प्राप्त गरे। उनका निकटतम प्रदेश विष्णुभक्त सिग्देलले २ सय ४ मत प्राप्त गरेका थिए ।
यस्तै उपाध्यक्षमा राजेश्वर ढकाल २ सय७९ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी श्रीराम कार्कीले २ सय १४ मत प्राप्त गरे।
सचिवमा प्रदिपराज अधिकारी २ सय ८० मत प्राप्त गरी विजय भए भने उनका प्रतिस्पर्धी अनिल पाण्डेले २ सय ११ मत प्राप्त गरे ।
उपसचिव खुलामा खिमबहादुर कुमाल २ सय ९४ मत प्राप्त गरी विजय भए भने उनका प्रतिस्पर्धी रोमाकान्त पोखरेलले १ सय ८४ मत प्राप्त गरे। उपसचिव महिलामा सुनिता नेपालीले २ सय८३ मत प्राप्त गरी विजयी भइन् भने उनको निकटतम प्रतिस्पर्धी वसुन्धरा घर्तीले १ सय ९७ मत प्राप्त गरिन्।
५ सय ८४ मतदातामध्ये निर्वाचनमा ५ सय ६० मत खसेको उक्त अधिवेशनमा कुल ९९ सदस्य जिल्ला कमिटी र ५ सदस्य लेखा कमिटी निर्वाचित गरेको निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले बताए ।