हेडलाईनसमाचारसबै प्रदेश

नारायणगढ–मुग्लिन सडक खण्डको  पहिरो खसेर एक्साभेटर चालकको मृत्यु

प्रहार समाचार । चितवन, जेठ १३ ।नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला पुल नजिकै पहिरो खसेर एक्साभेटर चालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका ५ मा पर्ने तुइन खोलामा पुल निर्माण भइरहेको स्थानमा पहाड काट्ने क्रममा आइतबार बिहान ९ बजे बा २ क ६८५१ नम्बरको स्काभेटर माथि ढुंगासहितको पहिरो खस्दा बर्दिया गेडुवा गाउँपालिका वडा नम्वर ४ घर भएका ३८ बर्षिय मंगल चौधरीको मृत्यु भएको हो ।

गम्भिर घाइते चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकार दिए।

रिजालका अनुसार पहिरोले मेसिनमा क्षति पुगेको छ । पहिरोमा परेर मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख १५११ नम्बरको ट्रकमा समेत क्षति पुगेको उनले जानकारी दिए। द पहिरो खसेपछि केहीबेर सवारीसाधन समेत अबरुद्ध भएको थियो । अहिले यातायातका साधन नियमित संचालनमा रहेको प्रहरीले जनाएको छ

 

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button