हेडलाईनसमाचारगण्डकी

धार्मिक पर्यटक भित्र्याउन करापुटारमा १ सय ८ धारा निर्माण

प्रहार समाचार । लमजुङ माघ २५ बिहिवार ।धार्मिक पर्यटन प्रबर्धन तथा स्थानीय पानीको मूल संरक्षण गर्न लमजुङको चर्चित धार्मिक तिर्थस्थल ईशानेश्वर महादेव मन्दिरमा १ सय र ८ पानीको धारा निर्माण गरिएको छ।

लमजुङकाे मध्यनेपाल नगरपालिका-७ करापुटारस्थित ईशानेश्वर महादेव मन्दिरमा  १ सय ८ धारा निर्माण गरिएको छ । मन्दिर परिसरमा १ सय ८ वटा ढुंगाको धारा निर्माण गरिएको ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका  समितिका अध्यक्ष रामचन्द्र घिमिरेले बताए।

 

मध्यनेपाल नगरपालिका र स्थानीयवासीको सहयोगमा धारा निर्माण भएको हो । धाराका लागि स्थानीयले ५० हजार देखि १ लाख ११ हजार १ सय ११ रुपैयाँसम्म सहयोग गरेका छन् । १ सय ८ जनाले आफ्नो र परिवारको नाममा धारा निर्माण गरेका छन् ।

शिलालेखमा एकल नाम राख्नेले ५० हजार, श्रीमान्–श्रीमतीको नाम राख्न चाहनेले ७५ हजार रुपैयाँ र परिवारको नाम शिलालेखमा राख्न चाहनेले  १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । आधा रकम उठ्न बाँकी रहेको समितिले जनाएको छ । उक्त रकमबाट भक्तपुरबाट ढुंगा ल्याएर धारा निर्माण, जग्गा खरिद, मन्दिर व्यवस्थापनको काम गरिएको छ ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button