प्रहार समाचार । काठमाडौँ, फागुन ३० बुधवार ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान गृहमन्त्री रवि लामेछानेलाई दुई वटा पासपोर्ट राखेको र सहकारीको करोडौं ठगीको आरोप लागेको व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै आपत्ति जनाएका छन् ।
आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वासको मतको प्रस्ताव माथिको छलफलका क्रममा केसीले रवि लामिछानेलाई गृहमन्त्री बनाउने के बाध्यता थियो ? भनी प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री मिलेर नागरिकता दुई वटा भएको मान्छे, पासपोर्ट दुई वटा भएको मान्छेलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाउनु भएन ? व्यक्तिगत रूपमा केही इर्ष्या छैन । अहिलेका गृहमन्त्रीलाई सहकारीको करौडौं ठगी गरेको आएको छ छैन ? यस्तालाई मन्त्री बनाउने तपाईहरु योग्य ? तपाईंहरू गतिलो होर ?’ केसीले भने । केसीले बोल्दा गृहमन्त्री लामिछाने संसदमै थिए । केसीले बोल्दा नेपाली कांग्रेसका सांसदहरुले टेवल ठोकेर समर्थन जनाएका थिए ।