आँबुखैरेनी गाउँपालिकाहेडलाईनव्यासभानुसमाचारबन्दीपुरदेवघाटघिरिङगण्डकीऋषिङभिमादम्याग्देशुक्लागण्डकीस्वास्थ्य

दादुरा रुबेला खोप अभियान तनहुँमा फागुन १५ बाट

प्रहार समाचार । तनहुँ, फागुन ६ आईतवार । तनहुँमा जिल्ला स्तरीय दादुरा रुबेला रोग विरुद्धको खोप अभियान २०८० फागुन १५ गतेदेखि सुरु हुने भएको छ।

स्वास्थ्य कार्यालय तनहुँले फागुन १५ गते देखि २७ गतेसम्म जिल्लाका ८५  वटा वडामा खोप अभियान सञ्चालन गर्न लागेको दमौलीमा आईतबार आयोजित खोप समन्वय समिति, संचारकर्मी र सरोकारवाला संग अन्तरकृया एवं छलफल कार्यक्रमको अवसरमा उक्त कुरा बताइएको हो ।

 

जिल्लामा दुई चरणमा अभियान सञ्चालन गरिने छ।  एक नगरपालिका , चार गाउँपालिकामा पहिलो चरणमा र तीन नगरपालिका , दुई गाउँपालिकामा दोस्रो चरणमा कार्यक्रम संचालन गर्ने तय स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकर बाबु अधिकारीले जानकारी दिए  ।

जसमा व्यास नगरपालिका, देवघाट, बन्दीपुर, आँबुखैरेनी र म्याग्दे गाउँपालिकामा पहिलो चरणमा हुनेछ। त्यस्तैगरी भानु, शुक्लागण्डकी, भिमाद नगरपालिका , ऋषिङ र घिरिङ गाउँपालिकामा दोस्रो चरणमा  अभियान संचालन हुनेछ ।

फागुन १५ देखि  १९ सम्म पहिलो चरणमा र फागुन २२ देखि २७ सम्म दोस्रो चरणमा खोप अभियान संचालन हुँदैछ।

जिल्ला भरका २ सय ३८ वटा खोप केन्द्र बाट २ सय ३८ जना स्वास्थ्यकर्मी , ४ सय ७६ जना स्वयंसेवक र दश वटै पालिकामा एक जना विशेषज्ञ डाक्टर सहभागी हुने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

कार्यालयका अनुसार तनहुँका ९ महिनादेखि ५ वर्ष मुनिकाका करिब १९ हजार एक सय ३३ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने  छ । अन्तरक्रि कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले दादुरा रुवेला खोप अभियानलाई स्थानिय निकाय देखि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख वासुदेव थापा, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँण,जिल्ला  शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धव राज कंडेल,आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका प्रमुख डा . नारायण श्रेष्ठ, पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल , दमौली अस्पतालका मेडिकल अधिकृत डा. विपना गुरुङ, तनहुँ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ लगायतले यसअभियानलाई सफल पार्नुपर्नेमा जोड दिएका थिए ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button