प्रहार समाचार।कात्तिक ,२।
नेपालीहरूको प्रमुख चाड वडा दशैं हाम्राे घर आगानमा भित्रीएकाे छ। राष्ट्रिय चाड समेत मानिने यस पर्वलाइ नवरात्र पनि भनिन्छ । हिन्दू धर्मावलम्बीहरूकाे ठूलाे चाड बडा दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिन्छ। दशैं नजिकिए संगै मठमन्दिहरुमा विभिन्न धार्मिक कार्यहरु बढ्दै जान थालेकाे छ।
यो नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो । त्यसमा पनि विजयादशमी मुख्य दिन हो । बडादशैंको पर्वमा मालसिरी वा मालश्री धुन बजाएर र गीत गाएर रमाइलो पनि गरिन्छ । देश विदेश वा टाढा टाढा भएका आफ्ना साथीभाई, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । पर्वले यस्तो सुनौलो अवसर जुटाइदिन्छ । त्यसको बेग्लै मज्जा छ । दशैमा दक्षिणा, टिका, जमरा र पिङको मज्जालाई छुट्टै खास अर्थ र महत्वका रुपमा लिइन्छ ।
दशैंमा नवदुर्गा हिन्दु धर्म की शक्तिस्वरुपा देवी दुर्गाको नौ वटा रूप शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्री विशेष पुजा तथा आराधाना गरिन्छ ।
यसैबिच नवदुर्गा भवानीकाे पूजाआरधना गर्ने क्रममा तनहुँकाे व्यास नगरपालिका-३ पृथ्वी राजमार्ग संगै रहेकाे पुरानाे दुर्गा मन्दिरमा बिहिवार सामुहिक विशेष पूजाआरधना गरियाे। पूजामा दमाैली आसपासका दर्जनाैं भक्तजनहरुकाे उपस्थिति रहेकाे थियाे। पूजा कार्यमा सहजीकरण गर्दै वेदानुयायी प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष आचार्य पण्डित कृष्णकान्त काफ्लेले याे देव भूमिमा रहेका सम्पूर्ण प्राणीहरु दुर्गमय भएकाे बताउदै प्रकृतिकाे पूजा गर्ने महिना भएकाेले नवरात्रमा पंचमी तिथिकाे पूजाकाे महत्व ठूलाे रहेकाे बताए।
Thank you every one for your love and support