प्रहार समाचार । फागुन ९ बुधवार ।तनहुँको सदरमुकाम दमौलीमा पाँचदिने मानसिक शान्ति एवं खुशीयाली जीवनका लागि राजयोग मेडिटेशन प्रशिक्षण कार्यक्रम सुरु भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठले अहिलेको मानिस हरेक किसिमको अशान्ति बाट गुज्रिएको बताउँदे यस्ताखालका प्रशिक्षण कार्यक्रम अत्यावश्यक रहेको बताए । सांसद श्रेष्ठले भने ” मनुस्य जीवन सृष्टिकै सुन्दर रचना भएकाले सुन्दर जीवन जिउन मानसिक शान्ति अत्यावश्य रहेको छ “।
कार्यक्रममा राजयोगिनी ब्रम्हकुमारी परिणीता दिदीले खुशी भन्दा मिठो संसार अन्त कतै नभएको चर्चा गर्दै मन, मस्तिष्क सदा खुशी रहनु पर्ने बताईन । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय शाखा तनहुँको आयोजनामा दमौलीको अनसन चौतारी खुल्ला मैदानमा आज बाट सुरु भएको प्रशिक्षण १३ गते आइतवार सम्म चल्ने छ।
उक्त प्रशिक्षण कार्यक्रममा बरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घले ( काठमाडौँ ) ले प्रशिक्षण दिएका छन्। शाखा प्रमुख यमुनाले अनेकौं जिम्मेवारीहरु को दबाब, अस्वस्थ र अन्तहिन प्रतिस्पर्धा एवं बदलिंदो परिवेशसँगै सामना गर्नुपर्ने विभिन्न चुनौतिहरुका कारण अतिव्यस्त र तनावगृस्त अहिलेको मानव परिवशलाई थोरै भएपनि व्यवस्थित गर्न कार्यक्रम आयोजना गरिएको बताईन् ।
व्यक्तिगत, पारिवारिक एवं व्यवसायिक समस्याहरुको वैज्ञानिक एवं आध्यात्मिक विधिद्धारा समाधा गरी आत्मिक सुख, गहन मानसिक शान्ति एवं आन्तरिक शक्तिको गहन अनुशति गराउने थप उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ।
बिहान,दिउँसो र साँझ गरी तीन चरणमा प्रदान गरिने उक्त प्रशिक्षण कार्यक्रममा तीस हजार बढीलाई प्रशिक्षित गराइने लक्ष्य लिइएको हुम्रेशाखाका प्रमुख चन्द्र श्रेष्ठले जानकारी दिए । क
प्रशिक्षण कार्यक्रममा विद्यार्थी, शिक्षक, संघसंस्था लगायत उद्योगी, व्यापारी सर्वसाधारण लगायतका व्यक्तिहरुको सहभागीता रहने छ। यसका साथै ‘कारागारका बन्दी,नेपाल प्रहरी र नेपाली सेनाको व्यारेकमा समेत पुगेर समयलाई प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।