हेडलाईनसमाचारविजनेसप्रवाससूचना प्रविधि

थाइल्याण्डको बैङ्कको नामले कायम गऱ्यो विश्व कीर्तिमान

प्रहार समाचार । तनहुँ, फागुन १३ आइतवार ।थाइल्याण्डको राजधानी सहर बैंकक पर्यटकहरुको केन्द्र नै हो भन्दा फरक पर्दैन । बर्सेनि  लाखौं पर्यटकहरु विश्वभरबाटै बैंककमा आउँछन् ।

उसो त बैंकक विभिन्न परिकार, पार्टी तथा प्राकृतिक सुन्दरताका कारण विश्वभर प्रसिद्ध छ । तर कमैमात्र मानिसलाई बैंकको वास्तविक तथा पूरा नाम के हो ? भन्ने थाहा होला । वास्तवमा बैंककको पूरा नाम यतिधेरै लामो छ कि संसारकै लामो नामको सहरको रुपमा विश्व कीर्तिमान नै कायम गरेको छ ।

 

बैंकको पूरा नाम केवल अक्षरहरुको श्रृंखलामात्रै होइन, यो एउटा कविता जस्तै छ । बैंककको पूरा नाम Krung Thep Mahanakhon Amon Rattanakosin Mahinthara Ayuthaya Mahadilok Phop Noppharat Ratchathani Burirom Udomratchaniwet Mahasathan Amon Piman Awatan  Sathit Sakkathattiya Witsanukam Prasit” हो ।

यसको अर्थ परीहरुको सहर, अमर मानिसहरुको महान सहर, नवरत्नको शानदार सहर, राजाको सिंहाशन, शाही महलहरुको सहर, देवताहरुको अवतारको घर, इन्द्रको आदेशमा विश्वकर्माले बनाएको सहर भन्ने हुन्छ । थाईहरुले चाही बैंककको यो नामलाई छोटकरीमा क्रुंग थेप महा नखोन भन्छन् । बैंककको पूरा नामले ऐतिहासिक तथा सांस्कृतिक महत्व राख्दछ । अनलाइन खबर

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button