हेडलाईनव्याससमाचारभानुसबै प्रदेश

तनहूँको भानुभक्त प्राणी उद्यान कार्यालयले मुअब्जा वितरण नगर्दा पिडित पक्ष आन्दोलित

प्रहार समाचार | कातिक ८ ।
तनहूँको भानुभक्त प्राणी उद्यान कार्यालयले सात वर्ष  अगाडि जग्गा अधिकरण गरेको भएतापनि हालसम्म  जग्गाधनीलाई मुआब्जा वितरण गर्न सकेको छैन ।  पीडित जग्गाधनीहरुले संघर्ष समिति नै गठन गरी पटकपटक दबाब दिँदा पनि सरकारले आफूहरुले पाउनुपर्ने  मुअब्जा हालसम्म पनि प्राप्त गर्न नसकेको बताएका छन् ।
सरकारले आर्थिक वर्ष २०७३ / ७४ को वजेट वक्तव्यमा नेपालको सात वटै क्षेत्रमा प्रदेशस्तरीय प्राणी उधान कार्यलय स्थापना गर्ने घोषणा गरेको थियो । सोही बमोजीम तनहुँ जिल्लाको हालको व्यास नगरपालिका वडा नम्बर ११ र १२, का अतिरिक्त भानु नगरपालिकाको वडा नम्बर ५ र ६ आसपासका आठवटा सामुदायिक वन , पाँचवटा कबुलियती वन , निजी ,आवादी खोलानाला, ऐलानी जग्गाका अतिरिक राष्ट्रिय वनको केही भाग लाई समेटी ४२५ हेक्टर क्षेत्रफलको भूभागलाई नेपाल सरकार मन्त्रीपरिषद्को २०७३ माघ २० गतेको निर्णय अनुसार भानुभक्त प्राणी उद्यानको घोषणा गरिएको थियो ।


जसअन्तर्गत २९ दशमलब ३६ हेक्टर खेतीयोग्य जमिन १४२ निजी नम्बरी जग्गा,२४३ निजी नम्बरी कित्ता अनुसार ५ निजी जग्गामा रहेका घर , ४९७ रोपनी खेत,  ४४६ रोपनी बारीका १४२ घरधुरीका किसानले अहिलेसम्म मुआब्जा पाएका छैनन् । आफूहरुले पटक-पटक स्थानीय तहदेखि केन्द्रीय तहसम्म कुरा राख्दा  पनि सुनुवाई नभएको जग्गाधनी संघर्ष समितिका संयोजक हर्क बहादुर कार्कीले बताए । उनी भन्छन् “हामीले पटकपटक स्थानीय तहदेखि केन्द्रीय तहसम्म आफ्ना कुराहरु राख्दा पनि कतैबाट सुनवाइ भएको छैन त्यसैले हामी बाध्य भएर संघर्षमा उत्रन परेको छ “। मुअब्जा वितरण गर्ने भनेकै सात वर्ष वितिसक्दा पनि  कुनै सुनुवाइ नभएकोले बाध्य भएर संघर्षमा उत्रन परेको छ । कार्कीले थपे हामीले तनहुँका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाललाई पटकपटक ज्ञापनपत्र समेत बुझाएका छौं तर कतैबाट पनि हाम्रो सुनुवाइ भएन ।
उता संघर्ष समितिका प्रकाश मल्ल ‘ टाइसन’ जिल्ला प्रशासन कार्यालयबाट  जग्गाको मुल्यांकन गरी  सिफारीस  समेत गरिसकेको भएतापनि हालसम्म मुअब्जा पाउन नसकेकोले बाध्य भएर संघर्षमा उत्रन परेको बताउँछन् ।


नेपालको रैथाने र गैर रैथाने वन्यजन्तुहरु को संरक्षण गरिने, वन्यजन्तु संरक्षण मार्फत आमोद प्रमोद गर्ने, वन्यजन्तुको वैज्ञानिक अध्ययन अनुसन्धान गर्ने लगायतका उद्देश्यसहित यो केन्द्र स्थापना गरिएको हो । अहिले अधिकरण गर्ने जग्गा घर टहरा खेतबारीको मुअब्जा  निर्धारण गर्ने काम सकिएको वर्षौ  वितिसक्दापनि स्थानियले  मुआब्जाका प्राप्त गर्न सकेका छैनन्।

 

भानुभक्त प्राणी उद्यान कार्यालय तनहुँका प्रमुख भोजराज पन्थ अर्थ मन्त्रालयले बजेट विनियोजन गरी समस्याको समाधान गर्नुपर्ने बताउँछन् ।उनी भन्छन् यो सिंगो देशकै प्रतिष्ठाको विषय भएकोले सरकारले यसमा ध्यान दिनुपर्छ र छिटो भन्दा छिटो मुअब्जा वितरण गरिनु पर्छ। । मुअब्जाका लागि ४६ करोड ५२ लाख एक हजार ७३० रुपैयाँ बजेट आवश्यकता पर्दछ।
राष्ट्रिय अर्थतन्त्रको निर्माणको लागि आवश्यक पर्ने वन पैदावरको दैनिकी परिपूर्ति तथा वातावरणीय असन्तुलनका लागि नेपालको जैविक विविधताको महत्वपूर्ण योगदान रहेको छ । वन क्षेत्रमा वन्यजन्तुको बासस्थानको खण्डीकरण, क्षयीकरण र विनास, अधिक उपयोग, वन डढेलो ,वनक्षेत्रको अतिक्रमण, वातावरणीय प्रदुषण,जलवायु परिवर्तनको नकारात्मक प्रभाव जस्ता कारणहरूबाट नेपालका वन, वनस्पती, जीवजन्तु र समग्र जैविक विविधताका आयतन र गुणस्तरमा समेत नकारात्मक प्रभाव परिरहेको छ ।

यस्ता जोखिमहरुको कारणले कतिपय प्रजातिहरू लोप भएका, कतिपय लोपहुने अवस्थामा पुगेका र दुर्लभ संख्यामा रहेका पनि छन्। वन ,वनस्पति , वन्यजन्तु र जैविक विविधताको संरक्षण ,सम्बर्धन ,सदुपयोग र व्यवस्थापनका लागि नेपालले विविध नीतिगत कानूनी संरचना, संरचनागत र मानवीय स्रोत एवं साधनहरूको व्यवस्थापनका प्रयासहरु जारी राखेको पाइन्छ । खासगरी स्व स्थानीय संरक्षणका लागि राष्ट्रिय निकुञ्ज वन्यजन्तु आरक्षणहरुको स्थापना र व्यवस्थापन गर्दै क्षेत्र विस्तार मार्फत मुलुकका अमूल्य निधिहरुको जगेर्ना गर्ने कार्यबाट वातावरणीय लाभका साथै आर्थिक लाभ पनि हुँदै आएको छ ।

तनहुँ जिल्लाको छिर्कनमा रहेको यस भानुभक्त प्राणी उद्यान  आसपासमा रहेका वन जंगलहरुमा  बाघ, भालु, चितुवा, रतुवा , खरायो , वन बिरालो, रातो बाँदर, लोखर्के  लगायतका अन्य विभिन्न प्रजातिका जीवजन्तु र पन्छीहरु पाइन्छन् । काठमाडौ – पोखरा पृथ्वी राजमार्ग जोडिएर गएको हुनाले यातायातका दृष्टिले प्रचुर पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रमा वन्यजन्तुको लागि पानीको श्रोत र आवश्यक र अपरिहार्य भएकोले यस क्षेत्रको शिसा खोलामा बारै महिना पानी उपलब्ध भैरहने, पूर्व, पश्चिम, उत्तर र दक्षीण गरी चारै दिशा तर्फको मोहोडा भएकोले वनक्षेत्रको भूगोलको अवस्थितिले विभिन्न हावापानीमा रहने वन्यजन्तुको लागि सुँहाउदो वातावरण भएकोले पनि यस  भानुभक्त प्राणी उद्यान कार्यालयको छुट्टै महत्व रहेको छ ।

यस क्षेत्रको नजिकै पूर्वमा भानु नगरपालिका, पश्चिममा व्यास नगरपालिका र यस अन्तर्गत व्यास ऋषिको जन्म स्थल तथा परासर ऋृषिको कर्मभूमि, दक्षिणमा ऐतिहासिक छाब्दी बाराही मन्दिर सहितको तीर्थस्थल, दक्षिण पूर्वमा ऐतिहासिक तनहुँसुर रहेको र यो क्षेत्र भानु, व्यास, बन्दीपुर जस्ता पर्यटकीय गन्तव्य बोकेको उच्च सम्भावना स्थल हुने देखिन्छ । साथै प्राणी उद्यान स्थापना सञ्चालन तथा व्यवस्थापन बाट स्थानीयबासिन्दाको आयआर्जनमा वृद्धि भई रोजगारीको अवसरहरु समेत सृजना हुने देखिन्छ ।

   

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button