हेडलाईनसमाचारगण्डकी

तनहुँमा  ६ महिनामा ३७ वटा मानवअधिकार उल्लंघनका घटना

प्रहार समाचार । तनहुँ, १३ असार २०८१ । तनहुँ जिल्लामा पछिल्लो ६ महिनामा ३७ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका छन् । उक्त घटनामा ३५ महिला र ३ पुरुष सहित ३८ जना पीडित भएको तत्थ्याङ्कले देखाएको छ। 

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बुधबार दमौलीमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२५ को लागि सङ्कलित घटनाहरुको अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रममा उक्त तत्थ्याङ्क सार्वजनिक गरिएको हो। जस अन्तरगत तनहुँमा ६ महिनाको अवधिमा३७ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएकाे बताइयो ।उक्त घटनामा ३५ महिला र ३ पुरुष सहित ३८ जना पीडित भएका छन् ।

 

यस अवधिमा तनहुँमा घरेलु हिंसाका १९, बलात्कार र बलात्कार प्रयासका १०, हत्याको ३, कुृटपिटको २, मानव बेचविखचको १,बहुविवहाको १ र बालविवहाको १ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएकाे इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले बताए ।

सो कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मानव अधिकारको घटना राज्यसँग सम्बन्धित हुने भएकोले राज्य पक्ष यस विषयमा अलि बढि संवेदनशिल बन्नु पर्ने बताउँदै राज्यका निकायले कतव्र्य पालनाको क्रममा नागरिकको मानवअधिकारको पनि सम्मान गर्नुपर्नेमा जोड दिए । ‘इमानदारीका साथ आफ्नो जिम्मेबारी पुरा गरेमा मानवअधिकार हननका घटनामा  पक्कै पनि कमी आउँछ’- प्रजिअ गौतमले भने ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँ प्रमुख प्रहरी उपरिक्षक ( एसपी) अपिलराज बोहोराले प्रहरीले मानव अधिकार हननका घटनामा शुन्य सहनशिलताको नीति लिएको बताउँदै मानवअधिकारको संरक्षण र सम्बद्र्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आईरहेको बताए । उनले मानविय कारणले राजमार्ग बन्द हुँदा हजारौं नागरिकको मानवअधिकार हनन हुने हुँदा त्यसतर्फ पनि मानवअधिकारकर्मीहरुको ध्यानआकृष्ट हुनु पर्नेमा जोड दिए । एसपी बोहोराले इन्सेकको तत्याङ्क भन्दा मानव अधिकारका घटनाहरु धेरै बढि रहेकोले प्रहरीसंङ्ग समन्वय गरि सच्याउनु पर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला उपाध्यक्ष राजेश्वर ढकाल , राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक विश्वनाथ बास्तोला, नेपाल बार एसोसियसन तनहुँका अध्यक्ष डम्बरदेव हड्खले, पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल , निवर्तमान अध्यक्ष ओमकार आचार्य , प्रहार अनलाईन मिडियाका सम्पादक शंकरराज नहर्की लगायतले मानवअधिकारको विषयलाई स्थानीय स्तर र टोलटोलमा पुऱ्याएर नागरिकलाई सचेत पार्नु पर्नेमा जोड दिए । कार्यक्रम मानवअधिकार निगरानी समुह तनहुँकी सदस्य बसुन्धरा घर्तीको अध्यक्षतामा भएको थियो ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button