हेडलाईनव्याससमाचारगण्डकीमनोरञ्जनसूचना प्रविधि

तनहुँमा कृत्रिम नारेश्वर  ताल बनाउने काम अन्तर्रगत भित्ता कटिङ्ग गर्ने कामको थालनी

प्रहार समाचार । तनहुँ, फागुन ११ शुक्रवार । तनहुँको व्यास नगरपालिका वडा नं- १०  दुम्सीमा कृत्रिम नारेश्वर  ताल बनाउने काम अन्तर्गत भित्ताको कटिङ्गगर्ने कामको थालनी गरिएको छ ।

व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको पहलमा स्थायिन खोला, मुल तथा जरुवाको पानी संकलनगरि उक्त तालको बाँध निर्माणका लागि आजबाट भित्ताको कटिङ्ग गर्ने काम सुरु गरिएको हो।

 

व्यास नगर पालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने ताल निर्माण सम्पन्न भएपछि वाह्य तथा आन्तरिक पर्यटक भित्राउन सहजता संगै दुम्सि आसपासका किसानलाई सिञ्चाई , तालमा माछापालन, डुङ्गा सयर तथा वातावरण संरक्षण गर्नमा ठुलाे भुमिका रहने बताउँछन् ।


नगर प्रमुख न्यौपानेले २६ रोपनी जग्गा खरिदगरि नगरपालिकामा  आइसकेको र करिव ४० रोपनी ओइलानी प्रति जग्गामा रहेकाे तथा कुल ६६ राेपनी भन्दा बढि क्षेत्रफलमा सुन्दर नारेश्वरताल बन्ने बताउछन्। ताल निर्मण अन्तरगत बाँधबनाउने ठेक्का जि एस निर्माण सेवाले पाएको ग छ ।
त्यस क्षेत्रमा पानीको  श्रोत  भएकाले बाँध बाँधी ताल बनाइने र दुम्सी आसपासका किसानलाई सिंचाई  गर्ने र कृषि उत्पादन वृद्धि  गर्दै बाह्य तथा आन्तरिक पर्यटक भित्रयाएर आर्थिक उपार्जनमा यो ताल कोशेढुङ्गा सावित हुने नगरपालिकाको भनाई छ।

व्यास १० का वडाध्यक्ष खेमराज पोख्रेल नारेश्वर तालका रुपमा यस क्षेत्रलाई विकास गर्न स्थानिय व्यक्तिहरुको टुक्राटुक्री जग्गा खरिद गरी ताल बनाउने काम अगाडी बढाइएको बताउदै वडाकै बातटावरण संरक्षण र सौन्दर्यलाई कायम गर्दै कृषि र पर्यटनलाई अगाडी बढाएर तालमा भावि दिनमा डुङ्गा सयर गर्न पाइने बताउछन् ।
       उता नारेश्वर ताल निर्माण समितिका अध्यक्ष विष्णुबहादुर थापा पानीलाई तालमा परिणत गरी सिंचाई, माछापालन तथा आगलागी हुँदा समेत तालको बहु उपयोगित रहेको बताए ।

ताल तथा बाँध निर्माणका लागि यसै आर्थिक वर्षमा ताल संरक्षण प्राधिकरणबाट १० लाख, व्यास नगरपालिकाको ५० लाख साथै गण्डकी प्रदेश सरकारबाट १ करोड ५० लाख विनियोज गरि  टेण्डर समेत भइ काम अगाडी बढको छ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button