प्रहार समाचार । तनहुँ, १४ मंसिर २०८१ शुक्रवार । राष्ट्रिय परिचय पत्र वितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय तनहुँले अब पालिकाबाटै परिचय पत्र बितरण गरिने जनाएको छ ।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै परिचयपत्र वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए ।
बनेका परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा चालिस हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् ।
राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने बताइन्छ । नयाँ परिचयपत्रका लागि दैनिक एक सय २० देखि एक सय ५० जनासम्म आउने गरे पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने २५ देखि ३० जना मात्र आउने गरेको गरेका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई हजार ७०१ जनाले नयाँ फाराम दर्ता गरेका छन् भने दुई हजार पाँच जनाले परिचयपत्र लगेका छन् ।