हेडलाईनसमाचारगण्डकीUncategorizedम्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाद्वारा लम्पी स्किन रोगका  पीडित किसानलाई राहत प्रदान

प्रहार समाचार । तनहुँ, मंसिर १२ मंगलबार । तनहुँको म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत प्रदान गरेको छ । गत आर्थिक वर्षमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगबाट पशु मरेका किसानलाई राहतस्वरुप प्रति पशु र दश हजारका दरले पालिकामा आयोजित एक कार्यक्रमका बिच सोमबार राहत वितरण गरिएको हो । 

व्यवसाय पुनःस्थापन सहयोग कार्यक्रमअन्तर्गत ३१ जना किसानलाई ३५ पशुको प्रति पशु र दश हजारका दरले सहयोग प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

 

उनका अनुसार सातवटै वडाका किसानलाई गरी कूल तीन लाख ५० हजार राहत प्रदान गरिएको हो । पालिकामा लम्पी स्किन रोगबाट ४० चौपायाको मृत्यु भएकामा बीमा नगरिएका ३५ पशुको राहत रकम प्रदान गरिएको अधिकारीले बताए । 

गाउँपालिकाभर ४० गाई, गोरु, भैँसी, राँगा मरेका थिए । त्यसमध्ये पाँच वटा पशुको बीमा गरिएको थियो । बीमा नगरेकालाई गाउँपालिकाले राहतस्वरुप केही रकम सहयोग गरेको हो ।
किसानलाई सोमबार गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले हस्तान्तरण गरेका हुन्। पालिकाका सातवटै वडामा लम्पी स्किनको सङ्क्रमण फैलिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए । राहत पाएपछि थोरै भएपनि सहयोग पुगेको किसानहरुले बताएका छन्।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button