हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको दमौलीमा संस्कृति मन्त्री किराँतीको पुत्ला दहन

प्रहार समाचार । तनहुँ, पुस ८ आइतबार ।
सांस्कृतिक तथा पर्यटन मन्त्री सुदन किराँतीले केही समय अगाडि दिएको विवादस्पद अभिव्यक्तिलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले आइतबार मन्त्री किराँतीको पुत्ला दहन गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँका अध्यक्ष विनोद घर्तीको नेतृत्वमा तनहुँको सदरमुकाम दमौलीमा रहेको ट्राफिक चोकमा साँझ विभिन्न नाराबाजीका साथ मन्त्री किराँतीको राजीनामा माग गर्दै पुत्ला दहन गरिएको हो।

 

त्यस अबसरमा बोल्दै  अध्यक्ष  घर्तीले  देश तथा नागरिकप्रति अपमानजनक अभिव्यक्ति दिने किराँतीले  तत्काल राजीनामा दिनु पर्ने बताए । उनले विरोधको अभियान देशैभरि चल्ने र राजीनामा नदिए मन्त्रीलाई कालोमोसो दल्ने दाबी गरे।

कार्यक्रमक सहभागीहरूले ‘राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दाबाद’ , ‘गणतन्त्र मुर्दाबाद ,  राजतन्त्र जिन्दाबाद , नालायक मन्त्री किराँती राजीनाम दे ‘ लगाएतका नारा लगाएका थिए ।  कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला तहका विभिन्न नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button