हेडलाईनसमाचारगण्डकीविजनेसनगरपालिका /गाउँपालिका

तनहुँका निर्माण कम्पनीहरु परे कालो सूचीमा

प्रहार समाचार ।काठमाडौं, माघ १५ सोमवार । पटक पटक समय थप्दा पनि समयमा काम नसक्ने खराब तनहुँका निर्माण कम्पनीहरु सरकारको कालो सूचिमा परेका छन्।

सडक डिभिजन कार्यालय तनहुँ दमौलीको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले कार्य सम्पादन राम्रो नगरेका तनहुँका तीन निर्माण व्यावसायीहरु कालो सूचिमा परेका हुन्।

 

कालो सूचिमा परेका तनहुँका निर्माण व्यावसायीहरुमा देवीरमण कन्स्ट्रक्सन कम्पनीका सञ्चालक सुरेन्द्रराज रिजाललाई दुई बर्ष छ महिना , खड्गदेवी कन्स्ट्रक्सनका सञ्चालक डिलबहादुर गुरुङलाई दुई वर्ष र आयुष एण्ड अनुस कन्स्ट्रक्सनका सञ्चालक मनोज खनाल लाई एक वर्ष कालो सूचिमा परेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

कालो सूचिमा परेका निर्माण कम्पनीहरुले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायहरुको खरिद कारवाहीमा सामेल हुन पाउने छैनन् ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button