हेडलाईनव्याससमाचारविचारअन्तरवार्तासबै प्रदेश

तनहुँकाे व्यास गुफामा आठाैं महामिलन पर्व हुने

प्रहार समाचार ।तनहुँ ,असाेज २९।
चार वेद अठार पुराणका रचयिता भगवान वेद व्यासकाे पवित्र भूमिलाई पाैराणीक ,आध्यात्मिक ,धार्मिक, पुरातात्त्विक र ऐतिहासिक दृष्टिकोणले परिचित गराउन आठाैं विश्व ॐकार तथा हिन्दु महामिलन पर्व आयाेजा गरिने  भएकाे छ।

किन हुँदैछ व्यासकाे जन्मभूमिमा विश्व ॐकार तथा हिन्दु महामिलन पर्व?? के भन्छन सङ्कल्पकर्ता व्यास गुफाका मूल संरक्षक शान्ति स्वरुपानन्द दामाेदर बाबा ??

आगामी कात्तिक एक गतेबाट एक महिनासम्म चल्ने उक्त महामिलन पर्वमा राष्ट्रिय चर्चित गुरुहरुबाट प्रवचन हुने छ।चार वेद अठार पुराणका रचयिता व्यासकाे याेगदान र महत्वलाई विश्वमाझ परिचय गराउन हरेक बर्षझै  यस पटकपनि कार्यक्रमकाे आयाेजना गर्न लागिएकाे हाे। संकल्पकर्ता एवं मूल संयाेजक शान्ति स्वरुपानन्द दामाेदर बाबा , संरक्षक गाेविन्द बाबा र वेद अनुयायी प्रतिष्ठान केन्द्रीय कार्यालय तनहुँकाे आयाेजनामा उक्त पर्व आयाेजना गर्न लागिएकाे हाे। १२ कराेड वर्षयतादेखिका २८ व्यासका मूर्ति स्थापना, व्यास रचित १८ पुराण ,१८ महिनासम्म कथा वाचन भई प्रथम ऐतिहासिक १८ महिने अखण्ड हरिनाम सङ्कीर्तन एवं १०८ श्रीमदभागवत ज्ञान महायज्ञ लगायतका कार्यक्रमहरु यश भूमिमा भईसकेकाे छ।
शान्ति स्वरुपानन्द दामाेदर बाबाका अनुसार यश भूमिलाई ॐकार तथा वैदिक सनातन धर्मावलम्बीहरुकाे धर्मस्थली बनाउनका लागि,विश्व ॐकार तथा हिन्दु महामिलन पर्वकाे आयाेजना गर्न लागिएको हाे।

 


पर्वमा सम्पूर्ण पितृ उद्दार एवं राष्ट्र शान्तिका निमित्त १०८ दीपप्रज्वलन हुने रसंस्कृति विज्ञ डा. भक्त राई लगायतका व्यक्तिहरुकाे उपस्थिति रहने आयाेजकले जनाएकाे छ।
व्यासका अध्येता काशिनाथ न्याैपाने विश्व ओमकार परिवार भित्रका हिन्दु ,बाैद्द,जैन र शिखहरु सहभागी भएर सद्भाव कायम गर्न याे पर्व काशेढुङ्गा सावित हुने बताए।


यतिबेला महामिलन पर्वलाई सफल बनाउन स्वागत गेट निर्माणको कामका अतिरिक्त व्यानर तथा ध्वजा पतका टाग्ने काम धमाधम भईरहेकाे र व्यास गुफालाई रङ्गराेकन गरि चिटिक्क पार्ने काम समेत धमाधम भईरहेकाे छ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button