हेडलाईनसमाचारगण्डकी

डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध

प्रहार समाचार । तनहुँ, असार ४ । डुम्रे–बेँसीसहर सडकखण्ड गए रातिदेखिको निरन्तर वर्षाले पहिरो जाँदा अवरुद्ध भएको छ । (फाइल फोटो )

 

बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपागाइँले जानकारी दिए । 
सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनले बताए । सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । 

 

सडक अवरुद्ध भएपछि बिरामी बोकेका एम्बुलेन्ससमेत रोकिएका छन् ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button