प्रहार समाचार । तनहुँ २२ असार २०८१ । निरन्तर झरी परिरहेको छ । धेरैको मन वेचैन भइरहेको छ । कहिँ कतै बाढी आउन सक्छ । पहिरो खस्न सक्छ। त्यसैले उच्च सतर्कता अपनाउनुहोला ।
आफ्नो वस्ती बाढी बाट सुरक्षित छ कि छैन भन्ने कुरा कुन स्थानमा बस्ती बसेको छ , त्योभन्दा स्वयंलाई बढी थाहा हुन्छ । जस्तो ठूला ठूला नदितट क्षेत्रमा धेरै टाढा टाढा बाट पानीको सतह बढ्न सक्ने हुँदा बर्षायाममा जहिले पनि बाढी आउन सक्छ । यसका लागि आफ्नो बस्तिलाई सुरक्षित ठाउँमा बसाउनु पर्छ । यदि तपाईं ठुला नदिहरुको तटिय क्षेत्रमा बस्नु हुन्छ भने तपाईंको मोबाइलमा ११५५ नम्बरबाट म्यासेज आउँछ , त्यो ध्यान पूर्वक पढ्ने । तपाईं स्वयंले पनि आफ्नो वस्तिमा बाढी आउने सम्भावना कत्तिको छ भनेर पैसा नलाग्ने नम्बर १४४९ टोल फ्री नम्बर मा फोन गर्न सक्नु हुन्छ।
बाढी पहिरो लगायतका घटनाका कारण आपतमा परियो भने कसरी मद्दत माग्ने ?
१, यदि तपाईं बाढी पहिरो लगायत अन्य जुनसुकै विपदका घटनाको चपेटामा पर्नु भयो र मद्दत चाहियो भने १४४९ नम्बरमा फोन गरेर उद्दार र राहतका लागि मद्दत माग्न सक्नुहुन्छ । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।
२, नजिकको प्रहरी चौकी वा १०० मा फोन गर्ने ।
३, तपाईंको पालिका वा वडाका जनप्रतिनिधिलाई खवर गर्ने ।
४, रेडक्रसका स्वयंसेवकलाई सहयोग माग्ने ।
५, सम्बन्धित जिल्लाका सुरक्षानिकाय ( जिल्ला प्रहरी कार्यालय १०० ), ससस्त्र प्रहरीका गण (१११४), नेपाली सेना को गण / ब्यारेक लाई खवर गर्ने ।
उच्च सतर्कता अपनाऔँ , सुरक्षित रहौं ।