आँबुखैरेनी गाउँपालिकाहेडलाईनसमाचारगण्डकीस्वास्थ्य

छिमकेश्वरि अस्पताल आँबुखैरेनी अस्पतालमा समायोजन

प्रहार समाचार । तनहुँ ७ साउन २०८१ सोमबार । तनहुँको आँबुखैरेनी गाऊँपालिकामा रहेको छिमकेश्वरि अस्पताल प्रा.लि. गाऊँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालमा समायोजन भएको छ ।

आज छिमकेश्वरी अस्पताल प्रा. लि.  सञ्चालक समितिका अध्यक्ष कृष्णमान तमाङ  र आँबुखैरेनी अस्पताल सञ्चालक समिति तथा आँबुखैरेनी गाऊँपालिका अध्यक्ष  शुक्र चुमानले संयुक्त रुपमा ६ बुँदे समायोजन समझौता पत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा आँबुखैरेनी अस्पताल सञ्चालक समिति र छिमकेश्वरी अस्पतालका प्रा.लि.का सञ्चालक तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस कार्यबाट आँबुखैरेनी अस्पताल साथै सिङ्गो गाऊँपालिकाको स्वास्थ्य क्षेत्रको विकासमा अतुलनीय टेवा पुग्ने अपेक्षा पालिकाका अध्यक्ष शुक्र चुमानले राखेका छन् ।

 

यस्तो रहेको छ सम्झौता पत्र :

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button