हेडलाईनसमाचारसुदुर पश्चिम

चिसोका कारण ज्यान गुमाउनेको संख्या बढ्दै : भूकम्प पिडितले पाएनन् राहत

प्रहार समाचार । जाजरकोट, मंसिर ३ सोमबार ।
भूकम्पले बसिरहेको घर भत्किएपछि त्रिपालको ओतमा खुला आकाशमुनि रात काट्दै आएका भूकम्प प्रभावितहरु चिसोका कारण मृत्यू हुनेको संख्या बढ्न थालेको छ । चिसोका कारण  जाजरकोटमा थप दुईसहित ७ को  ज्यान गएको छ । छेडागाड–१३ की ५६ वर्षीया मनसरा कामी र जुनीचाँदे–४ की ८९ वर्षीया सुगिली नेपालीको शनिबार मृत्यु भएको हो ।

यसअघि पनि चिसोकै कारण ५ जना भूकम्प प्रभावितको मृत्यु भइसकेको छ ।जसमा बारेकोट–४ का ७९ वर्षीय नरेन्द्रबहादुर सिंह, बारेकोट–१ का ७० वर्षीय डुमे पुन र भेरी–२ का ८८ वर्षीय धुलेश्वर कार्कीले ज्यान गुमाएका हुन् भने गत साता मात्रै नलगाड–४ का ८४ वर्षीय गोपालबहादुर रावल र सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको थियो ।

 

भूकम्पका कारण घर भत्किएपछि जाजरकोटका झन्डै ६७ हजार परिवार घरबारविहीन बनेका छन् । ३० हजार ४ सय १३ परिवारले राहतस्वरूप एक/एक थान त्रिपाल मात्र पाएका छन् । एउटा त्रिपाल र कम्बलको भरमा मंसिरको चिसो रात कटाउन सास्ती भएको छ । ‘यस्तो ठिहिरोमा ५/६ जनाको परिवार एउटा कम्बलको भरमा त्रिपालमुनि कसरी रात कटाउने  भूकम्प पिडितले भने ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button