प्रहार समाचार । तनहुँ २१ असार २०८१ । तनहुँको आबुखैरेनी गाउँपालिकाले हिलेखर्कमा चिया बगान बनाउने भएको छ।
कृषकहरुको आर्थिक अवस्था उकास्न तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आँबुखैरेनी गाउँपालिका वडा नं ६ हिले खर्कमा चियाको विरुवा रोपेर उक्त कामको थालनि गरिएको पालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
पालिकाले आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कृषि पर्यटनका लागि चियाबगान स्थापना कार्यक्रम अन्तरगत हिलेखर्कको बतासे डाँडामा करिब १५ रोपनी क्षेत्रफल भित्र पहिलो चरणमा ४ हजार २ सय चियाको बेर्ना रोप्ने काम सम्पन्न गरिएको पालिकाले जनाएको छ।