दमौली खबर संवाददाता
दमौली, भदौ २०
व्यास नगरपालिका–१० बैरेनी स्थित चण्डिदेवी राष्ट्रिय मावि स्थित युवा रेडक्रसले विविध कार्यक्रम गरी रेडक्रस स्थापना दिवस मनाइएको छ । रेडक्रस सम्बन्धि डकुमेन्ट्री प्रर्दशन, परिचयात्मक कार्यक्रम तथा चन्दा संकलन कार्यक्रम गरेको छ ।
चन्दा संकलनका क्रममा विद्यार्थीहरू समूह विभाजन गरी बैरेनी, बोटेगाँउ, अत्रौली, देउराली दुम्सी लगायतका क्षेत्रमा गएर ऐच्छिक चंदा संकलन गरेका थिए। सर्वलकी अध्यक्ष रोशनी कुंवरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्र.अ. एवं संरक्षक रामचन्द्र पोख्रेलले रेडक्रस आडैमा मानवीय संस्था रहेको साथै चण्डीदेवीको युवा रेडक्रस सर्कल सदैव यस्ता मानविय सेवामा काम गर्दै आइरहेका बताउनुभयो । साथै सर्कलले रेडक्रसको भावना अनुसार अगाडि बढिरहेको देख्दा खुसी लागेको बताउनुभयो । पोखेलले सर्वलका सबै पदाधिकारी अत्यन्तै सक्रिय रहेर काम गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।
सोही दिन संकलित पैदा के रकम रु आठ हजार पाँच सय नजिकको. कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको सर्कलको खातामा जम्मा गरेको र सो रकम विपदमा परेका, गरिब तथा जेहेन्दार विद्यार्थी– को हकमा खर्च गरिने शिक्षक नायक रामप्रसाद सापकोटाले बताउनु भयो । सर्कलकी सचिव रोशनी कंँवरले सहजीकरण गरेको सो कार्यक्रमको स्वागत शिक्षक सह–नायक प्रमिला अधिकारीले गर्नु भएको थियो ।