Uncategorized

गौहत्या जस्ता निन्दनीय घटना नदोहोरिउन्

दमौली खबर संवाददाता

धरानमा गोरु काटेर खाएको घटना सेलाउन नपाउँदै गौ हत्याको आरोपमा तनहुँ प्रहरीले तीन जना पक्राउ गरेको छ । राष्ट्रिय जनावर गाईको हत्या हुनु दुःखद कुरा हो । गाईको मासुको भाग लगाउने क्रममा कुरा नमिले पछि झगडा गर्ने क्रममा प्रहरी समक्ष कुरा पुगेको बताईएको छ । यो घटना हेर्दा यस अघि पनि पटक पटक गौ हत्या भएको हुन सक्छ । त्यस घटना प्रति प्रहरी गंभिर भएर अनुसन्धान गर्नुपर्दछ । शुक्लागण्डकी नगरपालिका–६ कमलगोठमा शनिबार गाई काट्ने क्रममा तीन पक्राउ गरिएको घटना निकै चर्चामा आएको छ । नेपालमा ९३ प्रतिशत ओमकार परिवार छन् । ति सबै परिवारको आस्थाको केन्द्र हो गाईमाता । गाईको हत्या गर्नु भनेको आफूलाई जन्मदिने आमाको हत्या गरे सरह हो । हिन्दु धर्मालम्बीहरुले गाईलाई देवताको रुपमा पुजा गर्छन् । राष्ट्रिय जनावर गाईको हत्या गरिनु निकै निन्दनीय हो । यस्ता घटनाले धार्मिक एकतामा असर पार्दछ । यस्ता घटना हुन नदिने समाजमा नैतिक सन्देशलाई व्यापकता दिनु पर्दछ । गाईको दुध, पिसाबमा औषधीको गुण रहेको हुन्छ । गाईको गोबर पनि रोग नियन्त्रणको लागि लाभदायक मानिन्छ । गाईको पिसाबलाई धार्मिक कर्ममा हिन्दुहरुले प्रयोग गरी खाने गर्दछ । हाम्रो धर्म र सस्कृति जोगाउनु हामी सबैको दायित्व हो ।

   

Related Articles

Back to top button