प्रहार समाचार । गोरखा, बैशाख ९ । गोरखाको सामागाउँमा रहेको वीरेन्द्र तालमा हिम पहिरो गएको छ। हिउँको ठुलो ढिस्को तालमा खसेपछि अनियन्त्रित भएर बाहिर निस्किएको पानीले सामागाउँ-साम्दो जोड्ने काठको पुल बगाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए ।
हिमपहिरोका कारण तल्लो तटीय क्षेत्रमा नदीमा पानीको सतह बढेको छ । ‘माथि खासै ठुलो क्षति भएको छैन । एउटा काठेपुल बगाएको छ । सतर्क रहन आग्रह गरेका छौ’ । अध्यक्ष लामाले भने ।
बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। ‘बाढीले क्षति गर्ने सम्भावना हुन्छ। बाढी आउनु पूर्व नै सुरक्षित रहन अपील गर्दछौं’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने।