प्रहार समाचार । काठमाडौँ १३ साउन २०८१ आइतवार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धुको ७० बिघा जग्गा कांग्रेसले बेचेर खायो भन्ने आरोप, भुटानी शरणार्थी प्रकरण तथा बालमन्दिरको जग्गा र ६१ किलो सुन प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा आज आफ्नो मन्तव्य राख्दै महामन्त्री शर्माले कांग्रेसलाई गिरिबन्धुको ७० बिघा जग्गा बेचेर खाएको आरोप लागेको छ। त्यस्तै भुटानी शरणार्थी प्रकरणमा घोटला गर्ने को हो ? बाल मन्दिरको जग्गा तथा ६१ किलो सुन प्रकरणको मुख्य दोशी को हो ? जो सुकै भएपनि निस्पक्ष छानबिन हुनुपर्ने बताएका हुन् ।
महामन्त्री शर्माले भने ‘ गिरीबन्धुको ७० बिगाहा जग्गा खाने को हो ? जो सुकै भएपनि कारबाहि गरिनु पऱ्यो । यस्लो सिङ्गो कांग्रेसलाई दाग लगाएको छ’, त्यस्तै वालमन्दिको जग्गा तथा ६१ किलो सुन काण्डको निश्पक्ष छानबिन होस दोशी जो जुकै होस् कारवाही होस्’ ।