प्रहार समाचार । काठमाडौं, मंसिर २ शनिबार ।
गायिका तथा नेकपा एमालेकी नेतृ कोमल वलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा आज काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो।
हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगको उपचार गराइरहेकी उनको आज बिहान पौने १२ बजे निधन भएको कोमल वलीका स्वकीय सचिव जीतबहादुर खड्काले जानकारी दिए।गीतकार को रुपया पनि परिचित दीपा वलीको दुई दर्जन गीत रचना र भाका संकलन गरेकी छन् । कोमल वलीको चर्चित गीत ‘मलमलकिरी जुनकिरी’ आमा दीपाको रचना हो ।
त्यसबाहेक ‘सयपत्री उनेर लाउने बेलामा’, ‘नबुन ज्ञानी हजारीको’, ‘आँखै लाउने गाजलु’, ‘पढ छोरी, बढ छोरी’ लगायतका गीत पनि दीपाकै रचना हुन् । उनका गीत रेडियो नेपाल, म्युजिक नेपाल, रत्न रेकर्डिङलगायत रेकर्ड भएका छन् । तीज गीत, बाल गीत, राष्ट्रिय गीत, देउसी भैलोलगायतका गीत दीपाले रचना गरेकी छन् ।ओली पञ्चायतकालमा महिला संगठनको लुम्बिनी अञ्चल उपसभापति बनेकी थिइन् ।
उनका श्रीमान्, दुई छोरा र दुई छोरी छन् । जेठा छोरा यामिन्द्र वली एमाले लुम्बिनी प्रदेश सदस्य, कान्छा छोरा नरेन्द्र वली पत्रकार, जेठी छोरी कोमल र कान्छी छोरी प्रज्ञा शरद गायिका हुन् ।