प्रहार समाचार । पोखरा ४ साउन २०८१ शुक्रबार । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आयोजन अवधारणा पत्र सार्वजनिक गरेको छ। गण्डकी प्रदेश मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले बिहीबार धारणा पत्र सार्वजनिक गरेका हुन्।
गण्डकी प्रदेश सरकार नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्ण चन्द्र देवकोटाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा योजना बैंकको औचित्य ,स्थानीय तहको योजना प्राथमिकता ,आतंरिक तथा बाह्य लगानी,निर्देशिकाले तोकेको मापदण्ड आदिको विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा २५ पालिका प्रमुख /अध्यक्षहरु , प्रदेश मन्त्रालयका सचिवहरु ,पालिका योजना शाखा ,प्राविधिकहरुको उपस्थिति रहेको थियो ।