खै किन किन बोल्ने भाछु अचेल
मन को कुरा निर्धक्क बोल्ने भाछु अचेल।
धेरै सपना छैनन , कल्पना त जानेकै छैन
बिपनामै सर्लक्कै खोल्ने भाछु अचेल।।
धेरैका भावना सुन्छु यसो गर्छु उसो गर्छु ,
इन्द्रेणीका रहर छोडी , कालो र सेतो चुन्छु अचेल ,
यात्राका पान्नाहरु पल्टाउदै फेरि यात्राको गन्तब्य खोज्दै ।
पुरानै बाटो चुन्ने गर्छु, नयाँ खोजी छैन अचेल,
खै किन किन बोल्ने भाछु अचेल ।।
यसो गर उसो गर, यता जाउ उता ,
अनि यो चाहिँ गर्दै नगर , यो त छोड्नै हुन्न …
छैनन कुनै बिकल्प , छैन कुनै रहर
वल्लो पल्लो किनारा चिन्ने भाछु अचेल ।।
बिपनामै सर्लक्कै खोल्ने भाछु अचेल ।
मनका कुरा निर्धक्क बोल्ने भाछु अचेल ।।