प्रहार समाचार । काठमाडौं, कार्तिक१७ शुक्रबार ।
अर्थ मन्त्रालयले क्रिकेट प्रतियोगिताको एक करोड ५७ लाख ५० हजार रकम निकासा गरेको छ ।
तीन प्रतियोगिताको पूर्व घोषित एक करोड ५७ लाख ५० हजार नगद पुरस्कार अर्थ मन्त्रालयले शुक्रबार निकासा गरेको हो।
राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले गत वैशाख ५ देखि १८ गतेसम्म भएको एसिसी पुरूष प्रिमियर कपका लागि ७९ लाख, २०७९ फागुन १२ देखि १८ गतेसम्म भएको आइसिसी यु–१९ पुरूष सिडब्लुसी– एसिया क्वालिफायरका लागि ४६ लाख र आइसिसी सिडब्लुसी लिग– २ का लागि ३२ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार निकासा भएको जानकारी दिए ।
सदस्य–सचिव घिसिङले पुरस्कार पाउने खेलाडी लगायतलाई बधाइ दिँदै पुरस्कारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई समेत धन्यवाद दिएका छन्।