प्रहार समाचार | काठमाडौँ, मंसिर ४ सोमबार ।
कोरिया सरकारद्वारा नेपाललाई पूर्ण स्वचालित बायोमेस्ट्री स्वास्थ्य जाँच सामाग्री सहयोग गरेको छ । कोरिया सरकारले स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि ५ करोड ३५ लाख ३२ हजार ५०० सय रुपैयाँ बराबरको पूर्णस्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामाग्री सहयोग गरेको हो ।
कोरियाली राजदूत पार्क थेयङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त हस्तान्तरण गरे ।सामग्री हस्तान्तरणका क्रममा राजदूत पार्कले नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि कोरियाली सरकारको प्रतिबद्धताबारे प्रकाश पार्दै मन्त्रालयका सचिव पोखरेलले सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यस किसिमको सहयोगले नेपालको स्वास्थ्य क्षेत्रको आधारभूत रोग परीक्षण तथा स्वास्थ्य अधिकारीहरूलाई सुदृढ बनाउन सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिए।
कोरिया सरकारले नेपाललाई विगत १५ वर्षदेखि लगातार विकास साझेदारी प्राथमिक राष्ट्रको सूचिमा नेपाललाई समावेश गरेर विभिन्न विकास साझेदारी कार्यक्रमलाई निरन्तरता दिंदै आएको कोरियाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।