१,
इमानदारी छौ या बेइमानी, कसरी बुझौं ?
देख्नासाथ कसैको आनिबानी, कसरी बुझौं ?
हेर्दा साँचै न तिमी, जति शालीन देखिन्छ्यौ !
कस्तो छ तिम्रो जीवन कहानी, कसरी बुझौं ?
२,
साँझ बिहान टार्ने, धेरथोर रासन चाइएको छ
घाम पानी रात छिचोल्ने, आसन चाइएको छ
भरिपूर्णता हामीलाई, चाइंदैन सरकार !
सजिलरी बाँच्न,शुसाशन चाइएको छ ।
३,
हिजो अस्ति थोरै, ~हतासमा थिएँ
टाढा होइन यतै, आसपासमा थिएँ,
म के जानुँ ? तिमी आउँछ्यौ भनेर
एकछिन अघिसम्म, निवासमा थिएँ ।
४,
कति ढाँट्छौ कति छल्छौ, लाज लाग्दैन ?
जस्को खान्छौ उइसँ जल्छौ, लाज लाग्दैन ?
देश लुट्छौ समाज पिर्छौ, ख्यालै नराखी
जिन्दगी आफ्नो बदल्छौ, लाज लाग्दैन ?
५,
दया धर्म ज्ञान, जनजनमा आओस्
गरिबीमा अमिरले, प्रेम जगाओस्,
कर्तव्य यहि, मानवता यहि हो
सद्भाव सम्बुद्धी, सबैमा पलाओस्,
• व्यास- १, तनहुँ ।