हेडलाईनसमाचारप्रवासखेलकुद

कीर्तिमानी  कोहली :  तेन्दुलकरको कीर्तिमानलाई तोड्न सफल

प्रहार समाचार । मुम्बई, कार्तिक २९ बुधबार ।
विराट कोहलीले आइसीसी विश्वकपको सेमिफाइनलमा ५०औं शतक बनाउँदै सचिन तेन्दुलकरको कीर्तिमान लाई तोड्न सफल भएका छन्। मुम्बईको वाङ्खेडे क्रिकेट रंगशालामा उनले न्युजिल्यान्डविरुद्धको खेलमा ५०‌‍औं ओडीआई शतक बनाएका हुन्।

११३ बल खेलका कोहलीले ९ चौका र २ छक्कासहित शतक प्रहार गरे। जारी विश्वकपमा उनको यो तेस्रो शतक हो।सचिनले ओडीआईतर्फ ४९ शतक बनाएका छन्। कोहीलीले गत आइतबार आफ्नो ३५औं जन्मदनिको अवसरमा दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गर्दै सचिनसँग बराबरी गरेका थिए। यससँगै जारी विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडीमा पनि पहिलो नम्बरमा कोहली रहेका छन्।

 

यसैबीच भारतले न्युजिल्यान्डलाई ३९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरको खेलमा ३९७ बनाएको हो। भारतका लागप विराटले ११७ रनको योगदान दिँदा श्रेयश लयरले १०५ रन बनाए। त्यस्तै रोहित शर्माले ४७ र सूर्यकुमार यादवले १ रन बनाएर पेभेलियन फर्किए।

खुट्टामा समस्या आएपछि रिटार्यड हर्ट भएर खेल मैदान बाहिर गएका शुभम गिल अन्तिम ओभरमा पुन क्रिज आइ अविजित ८० रनको योगदान दिए भने केएल राहुल ३९ रनमा अविजित रहे।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button