प्रहार समाचार । समाजमा दिन प्रतिदिन क्रुरता किन बढ्दैछ ? मानिसहरुमा दिन प्रतिदिन मानवता किन ह्रास हुँदैछ ? जस्ता प्रश्नको उत्तर खोज्नु पर्ने भएको छ । दिन दिनै अकल्पनिय घटना बढिरहेको छ। यसै प्रसङ्गमा पर्वतको जलजलामा एक दम्पतीको हत्या गरि अमानविय व्यवहार छताछुल्ल भएको छ।
प्राप्त समाचार अनुसार जलजला गाउँपालिका २ मल्लाजको दहमा गएराति अज्ञात समूहले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती श्रीमती ६५ वर्षकी गमला जिसीको हत्या गरेको प्रहरीले पुष्टि गरेको छ ।
घरभित्र सुतिरहेको अवस्थामा जिसी दम्पतीको हत्या भएको र आज बिहान घरभित्र नै मृत अवस्थामा भेटिएको वडा अध्यक्ष प्रकाश जिसीले जानकारी दिए । उनका अनुसार घरमा उनीहरू २ जना मात्रै बस्दे आएका थिए । प प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ ।